युराेपियन संघले लगायाे गूगलमाथि १.५ बिलियन यूरो जरिवाना

चैत ७, २०७५

यूरोपियन संघ इयूले सर्च इन्जिन गूगललाई १.५ बिलियन युरो जरिवाना तिराउने भएको छ ।प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई रोक लगाएको आरोपमा ईयूको प्रतिस्पर्धा आयोगले गूगललाई १.५ बिलियन युरो जरिवाना लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

गूगलले अनलाइन विज्ञापनमा आफ्नो बलियो अवस्थाको दुरुपयोग गरेको आयोगले ठहर गरेको छ । आयोगले दुई वर्षभित्र गुगललाई प्रतिस्पर्धा नियम उल्लङघनमा जरिवाना तिराएको यो तेस्रो पटक हो ।  गूगलले युरोपियन कमिसनको ‘एन्टीट्रस्ट रुल’ भन्दा बाहिर गएर यस्तो कार्य गरेकाले जरिवाना गरिएको युरोपियन स‌ंघले जनाएको छ । एजेन्सी

You might also like

Leave A Reply

Your email address will not be published.