वर्ल्डलिङ्कले देश भरिका, १० हजार स्थानमा निःशुल्क इन्टरनेट विस्तार गर्ने !

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने जनाएको छ ।कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वर्ल्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराउनुभयो । वर्ल्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।वर्ल्डलिङ्कले सन् २०२२ सम्म सबै स्थानीय तहमा इन्टरनेट सेवा पुर्याउने प्रमुख कार्यकारी निर्देशक नेपालले जानकारी गराउनुभयो ।वर्ल्डलिङ्कका हाल दुई लाख ८० हजार ग्राहक रहेका छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.