‘हैट’ लाई चैट बनाइदिने ‘फुलन्देकी आमा’को धम्की (भिडियो सहित )

काठमाडौं : हैटको नाम बाट चिनिने बुद्धि तामाङ ‘हैट’ लाई ‘फुलन्देकी आमा अर्थात उमेश राईले चैट बनाइदिने धम्की दिएका छन्। गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत ‘बुढेशकालको लौरी’ मा देखाइएको एक रोमान्टिक गीतको कथा मा यस्तो धम्की दिईएको हो ।

हैट र फुलन्देको आमाको नामबाट चर्चाको शिखरमा रहेका बुद्धि तामाङ र उमेश राईले अभिनय गरेको यो गितले बजारमा राम्रो चर्चा पाइरहेको छ।

गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको यस गीतमा चर्चित संगीतकार दीपक शर्माले आफ्नो कथालाई शब्द मार्फत गितमा ढालेका छन् । जुन गितमा शर्माकै संगीत रहेको छ।

निर्देशक युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन विकाश दाहालले गरेका छन्। फुलेन्देको आमा नामको च्यानलबाट सार्वजनिक गरिएको भिडियोबाट जीवन साथी दिन उमेर र वैँश छँदा मात्रै नभई बुढेसकालको सहारा पनि हो भनी देखाउन खोजिएको छ ।

भिडियो :

साभार :थाहा खवर

You might also like

Leave A Reply

Your email address will not be published.