तीज आउन डेढ महिना बाकी , गुल्मी तम्घासमा २ तिज गीत सुटिङ

मनोज कार्की,
असार १५, गुल्मी –

महिलाहरुको महान पर्व हरितालिका तीज आउन करिब डेढ महिना हुदा पनि गुल्मी तम्घासमा तीजगीत सुटिङ हुन थालेका छ्न ।

शनिबार गुल्मीको धागिथुम मन्दिर मा तीजका दुई वटा गीत सुटिङ भएका छ्न ।

गुल्मेलि लोक दोहोरी गायक तथा शर्जक गणेश अधिकारीको माइतीको आगानी भाग दुई र टेकु बि सिको चिटिकै राम्री नामक तीजका २ गीत सुटिङ भएका हुन

माइतिको आगनी भाग दुइमा सुजन कोइराला र करिस्मा ढकाल र गुल्मीले दिदिबहिनीको अभिनय रहेको छ। सोही गीतमा चर्चित गायक गणेश अधिकारी लय शब्द गरेका छ्न गीतमा पुरुष आबाज अधिकारी र महिला आबज सुनिता सेनको रहेको गायक अधिकारिले बताए।

त्यस्तै आजै गुल्मी तम्घास स्थित धागिथुम मन्दिरमा सुटिङ भएको चिटिकै राम्री नामक तीज गीतमा लय शब्द लोक दोहोरी गायक टेकु बिसिले गरेका हुन ।

गीतमा महिला आबज मालिका लोकतारा गीता परियार र पुरुष आबज गायक टेकु बिसिको रहेको छ भने चिटिक्कै राम्री गीतमा सुजन कोइराला ,करिश्मा ढकाल , हास्यकलाकार टिकाराम पोखरेल साहित्य साथै गुल्मेली दिदिबहिनीले अभिनय गरेका छ्न ।दुबै गीतको निर्देशन स्मृति तिमेल्सिना ९ गुरुआमा० ले गरेकी छ्न ।

पहिल्लो क्रममा तीज गीतको नाममा बिकिर्ती विसगिती भएको र कलाकारले पुराना भाका र सास्कृतिलाइ भुलेको बेला चिटिक्कै राम्री तीज मौलिक सस्कृतिक झल्काउने रहेको गायक शब्द शर्जक टेकु बिसिले जानकारी दिए ।

एश भन्दा पहिला निकालिएका गीत नाचम कि न नाचम , नाच्न पर्छ गाउन पर्छ भन्दा निकै राम्रो भएको बिसिले बताए ।

नेपाली चेलिले समाजमा भोग्दै आएका पीडा ब्याथलाइ चित्रण गर्दै माइतिको आगनी भाग दुई तीज गीत बजारमा ल्याउने तयारी गरेको अधिकारिले बताए । अघिका बर्षमा झिल्के नाच , काकरिको झाल ,बाडुल्की ,मुख चुच्चो , गाजलु लगाएका नामका तीज गीत बजारमा रहेको छ्न ।

एश बर्षको नया गीत योग्सना डिजिटल बाट साउन महिनामा सार्बजनिक गर्न तयारी रहेको अधिकारिले जानाकारी दिए ।

माइतिको आगनी भाग २ र चिटिक्कै राम्री नामक दुई गीत गुल्मीमै सुटिङ गरिएकाले सबै दर्शकलाई हेरि प्रतिक्रिया दिन कलाकारले अपिल गरेका छ्न ।

You might also like

Leave A Reply

Your email address will not be published.