अहिले देशभर चिसो बढ्दै गएको छ, केही साधारण कुरामा ध्यान दिए धेरै रोगबाट जोगिन सकिन्छ ।

अहिले देशभर चिसो बढ्दै गएको छ । चिसो बढेसँगै चिसोले बिरामीहुनेको संख्या बढेको छ ।

अहिले अस्पतालहरुमा धेरै दमका बिरामीहरु भर्ना भएर बसिरहनु भएको छ ।

बिरामीको संख्या पनि बढिरहेको छ ।

चिसोको बेला बालबालिका र वृद्धवृद्धालाई धेरै नै असर गर्छ । जाडो मौसममा सर्ने खालका रोग धेरै लाग्ने गरेको छ ।
त्यसमा पनि निमोनिया एकदम बढेको छ ।

निमोनियामा नै धेरै खालका किटाणु हुन्छन । एउटा ब्याक्टेरिया हो, त्यसले वर्षभरि नै निमोमिया गराएको हुन्छ ।

अर्को जाडोमा सक्रिय हुने इन्फ्लुएन्जा हो । अर्को दीर्घरोग भएका जस्तै दमका बिरामीलाई यो मौसममा बल्झाउने,
रक्तचापमा अनियन्त्रित गराइदिने काम इन्फ्लुएन्जाले गर्दछ ।

ब्लड प्रेसरलाई अनियन्त्रत गराउँदा हृदयघात हुने सम्भावना धेरै हुन्छ ।

धेरै चिसो हुँदा किटाणु सक्रिय हुन्छन् । धेरै चिसो हुँदा किटाणु सक्रिय भएर निमोनिया दम बल्झाउने हो ।
चिसो आफैँले रोग लाग्ने होइन ।

अर्को महत्वपूर्ण कारण भनेको जाडो मौसममा अत्याधिक वातावरण प्रदुषणको मात्रा बढ्ने भएकाले पनि हो ।
हामीले हेर्दा पनि बाहिर तुवाँलो लागेको, नजिकैको दृष्य पनि नदेखिने हुन्छ ।

यो प्रदुषको कारण पनि अहिले धेरै दमका बिरामी बढेका छन् ।

जाडोमा साधारण रुघाखोकी लाग्छ, त्यो इन्फ्लुएन्जा होइन । इन्फ्लुएन्जा गराउने भाइरस भनेको
इन्फ्लुएन्जा ए, बी, सी, डी हुन्छन् । रुघाखाकी लाग्ने, विशेष गरी सुख्खा खोकी लाग्ने, घाँटी दुख्ने,
ज्वरो आउने, मांसपेसी दुख्ने, हाडजोर्नी दुख्ने भयो भने इन्फ्लुएन्जा भएको बुझ्नुपर्छ ।

यदि समयमा नै त्यसको उपचार गरिएन भने बल्झिएर कडा खालको निमोनिया हुन्छ ।

यसबाट बच्न के गर्ने

इन्फ्लुएन्जाको प्रभावकारी उपचार हुँदैन । ब्याक्टेरियाले गराएको निमोनियालाई एन्टिबायोटिकको माध्यमबाट
उपचार गरेर निको बनाउन सकिन्छ । तर इन्फ्लुएन्जाले भएको निमोनियालाई प्रभावकारी हुँदैन । जति पनि
औषधि बनेका छन्, त्यसले पूर्ण रुपमा काम गरेको छैन ।

इन्फ्लुएन्जा हुन नदिन के–के कुरामा ध्यान दिनुपर्छ

इन्फ्लुएन्जाको खोप पाइन्छ, जस्तो बच्चालाई विभिन्न खालको खोप लगाइन्छ । त्यस्तै इन्फ्लुएन्जा बिरुद्धको पनि
खोप पाइन्छ ।

त्यो खोप लगाउनु पर्छ । लगाउने समय भनेको यही जाडोको समय हो । यो समयमा लगाउँदा उपयुक्त हुन्छ ।

यो खोप विशेष गरी ज्येष्ठ नागरिकले लगाउनै पर्ने हुन्छ । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले
सामान्य रोगसँग पनि लड्न सक्ने क्षमता शरीरमा हुँदैन । त्यसैले जेष्ठ नागरिकले यो खोप लगाउनै पर्छ । त्योभन्दा
कम उमेरका जसलाई दीर्घ रोग जस्तो मुटु, कलेजो, फोक्सो र रगत सम्बन्धीको रोगको समस्या हुन सक्छ

जसले बाथ रोगको औषधी सेवन गरिरहनुभएको छ, गर्भवती महिला अनि ५ वर्ष मुनिका बालबालिकमा रोग प्रतिरोधात्मक
शक्ति कमजोर हुने भएकोले वर्षको एक पटक यो खोप लगाउनुपर्छ ।

यो खोप बृद्धबृद्धा, बालबालिका र अरुले पनि लगाउन मिल्छ । जो व्यक्ति धेरै ठाउँमा जानुपर्ने हुन्छ । समूहमा बोल्नु
पर्छ, उनीहरुले यो खोप लिँदा हुन्छ । जस्तै जनप्रतिनिधी पत्रकार, शिक्षक, डाक्टरलगायत नियमित धेरैजनासँग
भेटघाट गर्नुपर्ने व्यक्तिलाई इन्फ्लुएन्जा लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले यो खोप लगाउनुपर्छ ।

यदि इन्फ्लुएन्जाले आक्रमण गर्यो भने लाखौंको नोक्सानी हुन सक्छ । एक पटक लगाएको खोपले एक वर्षको लागि
काम गर्छ ।

ज्येष्ठ नागरिकमा इन्फ्लुएन्जाको कुनै लक्षण देखियो भने तत्काल डाक्टरकोमा लैजानुपर्छ । किनकी इन्फ्लुएन्जाले जटिल
रुप धारण गरेको छ कि छैन भन्ने पत्ता लगाउन सजिलो हुन्छ ।

यदि यसले जटिल रुप धारण गरेको छैन भने औषधीले पनि काम गर्छ । तर यसमा बुझ्नुपर्ने कुरा साधारण रुघाखोकी
त हो नि भनेर आफैँ मेडिकलमा एन्टिबायोटिक किनेर खानु हुँदैन ।

जुन रुघाखोकी ज्वरो छ, त्यसविरुद्ध एन्टिबायोटिकले कामै गर्दैन । अहिले नै हामीले धेरै एन्टिबायोटिक प्रयोग
गर्यौं भने पछि एन्टिबायोटिक चाहिने रोग लाग्यो भने त्यो एन्टिबायोटिकले काम नगर्ने अवस्था हुन्छ । त्यसलाई
एन्टिमाइक्रोवियल रेजिष्टेन्स भनिन्छ ।

किटाणु अझै धेरै बलियो हुँदै जान्छन् । औषधीलाई पचाइसकेका हुन्छन । त्यसैले घरमा नै औषधी किनेर खाने काम
सकेसम्म गर्नु हुँदैन ।

जाडो मौसम सुरु भएको छ । जाडोको आगमनसँगै लोअर रेस्पिरेटरी इन्फेक्सन तथा अपर रेस्पिरेटरी इन्फेक्सन
देखा पर्छ । लोअर तथा अपर इन्फेक्सनअन्तर्गत रुघाखोकी, घाँटी दुख्ने, टन्सिलजस्ता समस्या सिर्जना हुन्छन् ।

जाडोमा तापमान घट्ने भएकाले रुघाखोकी, घाँटी खसखस हुने, घाँटी खप्प हुने आदि समस्या उत्पन्न हुनसक्छ ।
भाइरल तथा चिसोका कारण यस्तो हुन्छ । यो मौसममा धेरैजसोलाई लामो समयसम्म रुघाखोकी लाग्ने र निको
हुन पनि धेरै समय लाग्नसक्छ । न्यानो गरी बसेर ताता खानेकुरा खाए रुघाखोकी आफै निको हुन्छ ।

कतिपय अवस्थामा भने औषधि नै खानुपर्ने हुन्छ । मुटु रोग, दम, निमोनियाजस्ता रोगले पनि जाडो मौसममै बढी
सताउँछन् । जाडोको आगमनसँगै केही साधारण कुरामा ध्यान दिए धेरै रोगबाट जोगिन सकिन्छ ।

स्वास्थ्य समस्या

यो मौसममा श्वासप्रश्वासको समस्या बढी देखापर्छ । यस्तो वृद्धवृद्धामा बढी देखिन्छ । चिसो धेरै हुने भएकाले
कम काम गर्दा पनि दम बढ्छ र अन्य समस्या पनि निम्तिन्छ । धेरै दम बढे मुटुमा पनि असर गरेर मुटुको
समस्या थपिन सक्छ । त्यसैले जाडो मौसममा बूढाबूढीलाई चिसोबाट जोगाउनुपर्छ । रुघाखोकी पनि जाडो मौसमको
अर्को मुख्य समस्या हो ।

यो समस्याले पनि अन्य समस्याको तुलनामा बालबालिका तथा वृद्धवृद्धालाई बढी सताउँछ । भाइरल संक्रमणका
कारण रुघाखोकी लाग्छ । त्यसैले भाइरल संक्रमणबाट जोगिन रुघाखोकी लागेका मानिसको नजिक बस्नुहुँदैन ।

उनीहरूले प्रयोग गरिरहेका सामान प्रयोग गर्नुहुँदैन । शरीरलाई न्यानो राख्नुपर्छ । समय–समयमा तातोपानी तथा
सुप पिइरहनुपर्छ ।

यसैगरी साना शिशु तथा बूढाबूढीमा निमोनियासमेत देखिनसक्छ । यो छातीमा हुने संक्रमण हो । भाइरस,
ब्याक्टेरिया तथा फंगसको संक्रमणका कारण हुने यो रोग अन्य मौसमको तुलनामा जाडो मौसममै बढी
देखा पर्छ । श्वासप्रश्वाससम्बन्धी समस्या तथा रुघाखोकीले एकसाथ सताउन सक्छ ।

जाडो मौसममा हाइपोथर्मिया पनि देखापर्छ । आफ्नो शरीरले उत्पादन गर्न सक्ने तापभन्दा छिटो ताप शरीरबाट
बाहिरिनु नै हाइपोथर्मिया हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा तथा चिसोको सम्पर्कमा धेरै
समय बस्दा यो समस्या उत्पन्न हुनसक्छ ।

हाइपोथर्मिया हुँदा हातखुट्टा नीलो हुने, छोएको महसुस नहुने आदि हुन्छ । यसको उपचार समयमै नगराए
ज्यानसमेत जानसक्छ ।

कार्बन मोनोअक्साइड पोइजनिङ

जाडो मौसममा चिसोका कारण झ्यालढोका बन्द गरेर आगो तापिन्छ । हावा नछिर्ने गरी बन्द गरेर आगो तथा
हिटर ताप्दा कोठामा कार्बन डाइअक्साइड तथा कार्बन मोनोअक्साइड नामक ग्यासको मात्रा बढ्छ र उक्त ग्यास
धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारका समस्या सिर्जना हुनसक्छन् ।

कतिपय अवस्थामा मानिसको मृत्युसमेत भएको समाचार हामीले पढ्दै–सुन्दै आएका छौं । जाडो मौसममा ग्यास गिजर
प्रयोग गर्दा होस् वा हिटर ताप्दा हावा वारपार हुने स्थानमा बस्नु उपयुक्त हुन्छ ।

You might also like

Leave A Reply

Your email address will not be published.