छत्रकोट गाँउपालिका गुल्मीमा बिध्यार्थी लाई नृत्य,बाध्यबादन र अभिनय कलाको प्रशिक्षण

पुष १९
छत्रकोट गाँउपालिका गुल्मीमा बिध्यार्थीको प्रतिभा बिकासको लागि बिभिन्न ४ बिधाको कला प्रशिक्षण तालिम सुरु भएको छ ।

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर काठमाडौको आयोजना तथा गाँउपालिकाको ब्यवस्थापनमा नृत्य,बाध्यबादन र अभिनय कलाको प्रशिक्षण प्रदान गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा ९ वटा बिध्यालयका १ सय ४४ जना बिध्यार्थी सहभागी भएका छन । नृत्य,बाध्यबादन र अभिनय कलाको प्रशिक्षण कार्यक्रम पुष १९ गते देखि २६ गते सम्म श्रृङ्गा जनता माध्यमिक बिध्यालयमा संचालन भईरहेको, कार्यक्रम संयोजक रोहित सुबेदीले बताउनु भयो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहको अध्यक्षता छत्रकोट गाँउपालिका वडा नं. ४ का अध्यक्ष डिलाराम न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली प्रमुख अतिथी हुनुहुन्थ्यो ।

कार्यक्रममा श्रृङ्गा जनता माध्यमिक बिध्यालयका प्रधानाध्यापक बिकासचन्द्र खरेल र बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष होमनाथ कडेलले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

छत्रकोट गाँउपालिका गुल्मीमा बालबालिकाको प्रतिभाको बिकासको लागि नानी बाबु प्रतिभा प्रबद्र्घन कोषको स्थापना गरिएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.