रानीपोखरी कृषि बहुउद्धेश्यीय सहकारी संस्था मालीका ६ पौवाको दशौ वार्षिक साधारण सभा सम्पन्न

गुल्मी
पुष २६ – रानीपोखरी कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड मालीका गाउपालीका वडा नम्बर ६ पौवाको दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष शेर बहादुर केसिको अध्यक्षता ,मालीका गाउपालीका अध्यक्ष रित बहादुर थापाको प्रमुख आथित्यता ,मालिका गाउपालकिा उपाध्यक्ष देवा अर्याल,मालीका गाउपालीका सदस्य शेर बहादुर नेपाली,मालिका गाउपालीका वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरि,जनप्रतिनिधी कृष्ण बहादुर बिष्ट,जमुनी बिक,जिल्ला सहकारी संघका अध्यक्ष शेषकान्त गौतम,सहकारीलाई निशुल्क रुपमा २ रोपनी जग्गा प्रदान गर्नुभएका नन्दराम पराजुली र उहाकी श्रीमती रेनुका पराजुलीको बिशिष्ट आथित्यता रहेको थियो ।

संचालक समिति सदस्य हिरा बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सांगठनिक प्रतिवेदन संस्थाका अध्यक्ष शेर बहादुर केसि र २८ लाख बराबरको आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक इन्द्र प्रसाद अर्यालले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गाउपालीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि केसिले कृषकहरुलाई सहकारीका आवद्ध भई कृषि पेशा तर्फ लाग्न अनुरोध गर्नुभएको थियो । कार्यक्रम समितिका सदस्य टिकाराम गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.