गुल्मीमा बाटो खनेको रकम नपाएको भन्दै बाटो अबरुद्ध पार्दै खोल्दै

अनिल खत्री
१ माघ, गुल्मी ।

गुल्मीमा एक जना निर्माण व्यवसायीले रकम नभएको झोकमा आफैले खनेको मोटरबाटो भत्काएर पुनः मर्मत गरेका छन् । जिल्लाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ को आर्बेनी देउराली भयकोट को बाटो निर्मा व्यवसायीले आफेले बाटो भत्काएका थिए ।

मंगलवार बिहानबाट अबरुद्ध बनेको बाटो दिनभर बन्द थियो । बाटो अबरुद्ध बनेपछि यातायत र पैदल हिडन समेत कठिन भएपछि निर्माण व्यवसायीले नै मंगलवार राति मर्मत गरेर सुचारु भएको हो ।

लामो समयसम्म रकम उपलब्ध नगराएको भनी निर्माँण व्यवसायी अर्बेनीका कुलप्रसाद न्यौपानेले बाटो भतकाएर अबरुद्ध पारेका थिए । तर बाटो अबरुद्ध पारेको बिभिन्न ठाउँबाट चर्को आलो चना भएपछि पुन मर्मत गरेर बुधवारबाट सुचारु भएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.