छत्रकोट गाउँपालिका ५ खज्र्याङ्गमा कृषि मेला प्रर्दशनी

माघ २
छत्रकोट गाउँपालिका

छत्रकोट गाउँपालिका गुल्मीले माघेसंक्रान्तिको अवसरमा कृषि मेला प्रर्दशनी गरेको छ । स्थानिय कृषकहरुलाई प्रोत्सान गेर्न उद्देश्यले गाउँपालिका स्तरिय कृषि मेला प्रर्दशनी छत्रकोट ५ खज्र्याङ्गमा गरिएको हो ।

मेलाको औपचारिक समारोहको अध्यक्षता वडा नम्बर १ का अध्यक्ष एंव आर्थिक समिति संयोजक धातानन्द भण्डारी रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले सम्बृद्धिको लागी कृषिको बिकल्प नभएको बताउनुभएको थियो । यस्तै ब्यवसायिक कृष्ीाको लागी गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष नर्मदा भण्डारी,को बिशेष आतित्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्त्ब्य राख्दै वडा नम्बर ५ का अध्यक्ष कृष्ण पन्तले सहजीकरण गर्नुभएको थियो ।

मेलामा फलफुल तर्फ बिष्णुप्रसाद पन्त प्रथम, तरकारी तर्फ इमान सिंह बोहरा प्रथम, नगदैबाली तर्फ ऋषिराम न्यौ प्रथम हुनुभएको छ । यस्तै क्रमश प्रेम बहादुर बलाल,कृष्ण बहादुर कुवंर, गणेश ज्ञवाली,हेम बहादुर कामी, बिष्णुप्रसाद ज्ञवाली,रुक्माङ्गत पन्थ, शान्ता पौडेल, शिव कुमार क्षेष्ठ, लाल शर्मा पन्थ पुरस्कृत हुनुभएको छ । मेलामा ४१ जना कृषकले आफ्नो उत्पादन सहित कार्यक्रममा सहभागीता जनाएका थिए ।

You might also like

Leave A Reply

Your email address will not be published.