अबिरल बर्षाका कारण कृषि प्रर्दशनी प्रभाबित, आफ्नो कृषि उपज संकलन गरि लैजान अनुरो

पुष ३
रुरुक्षेत्र गाँउपालिका

रुरुक्षेत्र गाँउपालिका र कृषि ज्ञालकेद्र गुल्मीको आयोजनामा संचालित कृषि प्रर्दशनी प्रभाबित भएको छ ।
अबिरल बर्षाका कारण कृषि प्रर्दशनी प्रभाबित भएको हो । माघेसक्रान्ती एवं दोस्रो रुरु महोत्सबको अवसरमा, कृषकलाई प्रोत्साहनको लागि माघ १ गते देखि ३ गते सम्म कृषि प्रर्दशनी आयोजना गरिएको थियो ।

गाँउपालिकाले आज एक सुचना जारी गर्दै कृषकहरु लाई आफ्नो कृषि उपज संकलन गरि लैजान अनुरो गर्दै, सहभागिका पुरस्कार र प्रमाणपत्र सम्बन्धित गाँउपालिका बाट उपलब्ध गराईने रुरुक्षेत्र गाँउपालिका २ ग्वादीका वडा अध्यक्ष आर्थिक समितिका संयोजक घनश्याम अर्यालले बताउनु भयो ।

यसै बिच अबिरल बर्षाका कारण रुरु महोत्सब प्रभाबित भएको छ । केहि स्टलहरुमा क्षती पुग्ने अवस्था सृजना भए पछि स्टलहरु अन्यत्र सारिएको र गाँउपालिकाको टोली रिडी मेला स्थल पुगेको पत्रकार चुरामणी तिमेलसेनाले बताउनु भएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.