गुल्मी :- घरवास बिहिन जनताको घर बनाइदिन नेकपाका कार्यकर्ताहरुलाई सांसद बिष्टको निर्देशन

गुल्मी
माघ २९ – नेपाल कम्युनिष्ट पार्टि नेकपा केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्टले घरवास बिहिन जनताको नेकपाका कार्यकर्ताहरुलाई घर बनाइदिन निर्देशन दिनुभएको छ ।

आज गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ३ हाडहाडेमा नेकपाका अगुवा कार्यकर्तालाइ प्रशिक्षण दिदै उहाले यस्तो निर्देशन दिनुभएको हो । उहाले आर्थिक अभावका कारण बालबालीकाहरु पढ्नबाट बन्चीत भएका छन कि छैनन , कुनै पनि जनता घरवास बिहिन भएका छन कि छैनन यदि छन भने तिनिहरुको व्यवस्था नेकपाले गर्र्नेे बताउनुभएको छ । त्यस्को लागि फागुन ७ गतेबाट अभियान सुरु हुने उहाले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोख्रेल ,नेकपा प्रदेश कमिटि सदस्य बुद्धि जिसि, नेकपा गुल्मी जिल्ला सचिवालय सदस्य हिरा एसि ,सांसद बिष्टका स्वकिय सचिव गणेश श्रीपाली ,जिल्ला सदस्य नरेश भण्डारी , देविराम अर्याल लगायतका नेताहरुकोसहभागिता रहेको थियो ।
कार्यक्रममा वडा कमिटि अध्यक्ष एम बहादुर कुवरको अध्यक्षता, वडा कमिटि नेता शेर बहादुर मुखियाको स्वागत मन्तव्य र बीन बहादुर पहराईको सन्चालन रहेको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.