फागुन ९
रुरुक्षेत्र गाउँपालिका
कफी राष्ट्रिय उत्पादनमा यस वर्षको उत्पादन ३० बढि प्रतिशतले घट्ने भएको छ ।
राष्ट्रिय कफी विकास बोर्डले नै यसको प्रक्षेपण गरिसकेको छ । बोर्डको भनाइ छ, “नौ लाख किलो फ्रेस चेरीमध्ये
यस वर्ष पाँच लाख ४० हजार किलोभन्दा कम उत्पादन हुने प्रक्षेपण गरेका छौँ ।”
मुख्य सिजनमा नै कफीमा समस्या देखिएपछि उत्पादन घट्नेमा बोर्ड चिन्तित बनेको छ ।
मुलतः पुस, माघ र फागुन महिना कफी उत्पादनका लागि मुख्य सिजन हो । यो समय कफीका दाना पाक्ने र
टिप्ने समय पनि हो ।
तर, पछिल्ला दुई सातायता टिप्न ठिक्क परेका दाना एकाएक ओइलाएका छन् । कफीका पात ओइलाउने, मर्ने,
झर्ने, हाँगा सुक्ने, बोटमा रहेका फल सुक्ने र बोट नै मर्ने समस्या देखापरेको छ । यो समस्या
कफी उत्पादन हुने देशका २३ वटा जिल्लामा नै देखापरेको छ ।
कफिको बोट लाई आवश्यक छहारीको ब्यवस्था नभएकोले चिसोका कारण कफिमा समस्या भएको कफि अनुसन्धान कार्यक्रम
रुरुक्षेत्र गाउँपालिका भण्डारी डाँडा गुल्मीका बरिष्ठ बैज्ञानिक कृष्ण थापाले बताउनु भयो । कृषकहरूले पाकेका फल टिप्ने,
कफि प्रसोधन गर्ने र बोटलाई मलजल गरि उचित छहारीको ब्यवस्था मिलाउन पनि बैज्ञानिक कृष्ण थापाले सुझाउनु भएको छ ।
व्यावसायिक कफी खेती हुँदै आएका २३ भन्दा बढी जिल्लामा कफीको पात ओइलाने, पात हरियोमै झर्ने, हाँगा सुक्दै जाने,
बोटमा रहेका फल सुक्ने र बोटै मर्ने समस्या आक्रामक रूपमा देखा परेको छ ।
कफीका बोट मात्रै नभएर यस वर्ष रोप्नका लागि तयार भएका कफी नर्सरीका बिरुवामा पनि ५० प्रतिशत क्षति पुगेको देखिन्छ
जसबाट यस वर्ष कफी रोपणका लागि गुणस्तरीय बिरुवा सँगसँगै नर्सरीका लागि बिउ तयार गर्न पनि कठिन परेको छ
जसबाट हजारौं कफी कृषकहरू मारमा परेका छन् । अन्य वर्षभन्दा यस वर्ष महामारीकै रूप लिएको यसलाई धेरै कृषकले
कफीमा कोरोना भाइरससँग तुलना गरेका छन् ।”
अध्ययन टोलीले मौसमी प्रभावका कारण समस्या आएको हुनसक्ने औंल्याएको छ ।
बिहान बेलुकीमा एकदमै चिसो र दिउँसोमा तातो हुने भएकाले कफीका लागि वातावरण अनुकुल बन्न नसकेका कारण
समस्या आएको उनले बताए ।
नेपाली कफी प्रांगारिक पद्धतिबाट उत्पादन हुँदै आएको तथा यसको स्वाद र गुणस्तर उच्च रहेकाले अन्य देशको कफीभन्दा
नेपाली कफीको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा करिब १४,००० मेट्रिक टन रहेको छ ।
नेपालमा हाल करिब ४३ जिल्लामा कफी बिस्तार भएको छ जसमध्ये २३ जिल्लामा व्यावसायिक कफी खेती हुँदै आएको छ ।
विसं १९९५ बाट सुरु भएको कफी खेती हालसम्म आइपुग्दा वार्षिक उत्पादन ५३० मे। टन ग्रिन बिन रहेको छ भने जम्मा
२७६१ हेक्टरमा कफी बिस्तार भएको छ ।