गुल्मीमा सेना दिवसको अबसरमा मैत्रीपूर्ण फुटवल

अनिल खत्री
९ फागुन, गुल्मी ।

गुल्मीमा नेपाली सेनाले आफ्नो स्थापना दिवसको अबसरमा मैत्रीपूर्ण फुटवल आयोजना गरेर मनाएको छ । गुल्मीमा बिरभद्र जंग गुल्मको आयोजनामा आफ्नो स्थापना दिवसको अबसरमा राष्ट्र सेवक कर्मचारी र जिल्ला वासी बिच मैत्रीपूर्ण फुटवल खेलको आयोजना गरेर मनाएको हो ।

सेना दिवसको अबरमा शुक्रवार पहिलो पटक कर्मचारी र जिल्ला वासी बिच मैत्रीपूर्ण खेलको आयोजना गरेर दिवस मनाएको छ । जिल्ला सदरमुकाम तम्घासको चिदिचौरमा भएको मैत्रीपूर्ण फुटवल खेलमा राष्ट्र सेवक कर्मचारी बाट प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला सहित कर्मचारीहरु सहभागी थिए ।

जिल्ला वासीको टिमबाट स्थानीय युवाहरको सहभागिता रहेको थियो । मैत्रीपूर्ण खेलमा जिल्ला वासी टिम प्रथम भएका थिए ।
प्रथम हुने समुहले रनिङ्ग शिल्ड प्रमाणपत्र पाएका थिए । नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

नेपाली सेना र स्थानीय नागरि बिच सम्बन्ध नजिक होस भन्ने उदेश्यले मैत्रीपूर्ण खेल राखिएको बिरभद्र जंग गुल्मका गुल्मपति सेनानी रबिन्द्र महर्जनले जानकारी दिए । खेलको मुख्य उदेश्य जनतासँग नेपाली सेना सधै सहकार्य गर्न तयार छ भन्ने उदेश्य रहेको महर्जनले जानकारी दिए ।

यो वर्षबाट प्रत्येक शिबरात्रीमा मैत्रीपूर्ण खेल सञ्चालन हुने महर्जनले बताए । खेलबाट मित्रता, अनुशासन र देशबिकासमा प्रेरित गरोस भनेर पनि खेलकुदको आयोजना गरिएको सेनानी महर्जनले जानकारी दिए ।

मैत्रीपूर्ण फुटवल खेलमा प्रथम हुने समुहलाई रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र सेनानी रबिन्द्र महर्जनले शिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरेका थिए ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि ईतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरवात भएको हो ।

देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रबिन्दुमा राखि सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिककाबीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ । सैनिक वीरपूर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो ।

राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी भित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहने गर्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन चार जात छत्तिस जातिको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरूपमा वृद्धि हुदैगएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो ।

अहिलेसम्म एक लाख २९ हजार ८९० सैनिकबाट योगदान भइसकेको छ । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा पाँच हजार ९५ नेपाली शान्ति सैनिक परिचालित छन् ।

शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पाँचौँ स्थानमा छ ।दरबार, सङ्ग्राहलय, ऐतिहासिक महत्वका संरचना, विद्युतत् गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको छ ।

मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै अहिले नेपाली सेनाअघि बढिरहेको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.