भोलि (मंगलवार) बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने सरकारको निर्णय

काठमाडौँ
चैत १०- सरकारले भोलि (मंगलवार) बिहान ६ बजेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको समितिको बैठकले भोलि मंगलबार बिहान ६ बजेदेखि देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमवार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।
लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन् । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ ।
मंगलबार बिहानदेखि एक सातासम्म कोही पनि घर बाहिर निस्कन पाइने छैन। लकडाउनका क्रममा अनुमति लिएका मानिस र सवारी साधनले मात्रै आवतजावत गर्न पाउने बताइएकोछ।

You might also like

Leave A Reply

Your email address will not be published.