आम्दानी खर्च बिवरण सार्वजनिक गर्दै १७ जना कृषक लाई हातेट्रयाक्टर बितरण

असार १४
रुरुक्षेत्र गाउँपालिका

उखुब्लक संचालक समिति रुरुक्षेत्र गाउँपालिका ३ गुल्मीले आम्दानी खर्च बिवरण सार्वजनिक गर्दै १७ जना कृषक लाई हातेट्रयाक्टर बितरण गरेको छ ।

कृषि ज्ञानकेन्द्र गुल्मी बाट प्राप्त २३ लाख ७ हजार ५सय ९६ रुपैया र समितिको १९ लाख २९ हजार ९ सय ५ रुपैयाको उखुब्लक कार्यक्रम सम्पन्न गर्दै, समितिका संयोजक हुतराज गौतमले आय ब्याय सार्वजनिक गर्नु भएको हो ।

कुल ६६ लाख ९५ हजार ५ सय रुपैया बराबरको कार्यक्र भए पनि समय प्रतिकुल भएकोले करिब ४४ लाख रुपैयाको मात्र काम सम्पन्न भएकोमा संयोजक गौतमल दुख ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका बिशेष अतिथी वडा अध्यक्ष शेषनारायण पौड्यालले लकडाउनका बाबजुत पनि धेरै काम सम्पन्न गरि खुदो गुणको ब्यवसायिक उत्पादनमा कृषकलाई प्रेरित गरेको बताउनु भयो । उहाले परमपरा गत बिधि बाट उत्पादन गर्दा ७५। ७६ सालमा करिब ४ सय ड्रम खुदो उत्पादन हुने गरेकोमा यस संयुक्त कार्यक्र पछि २ सय ड्रम थप उत्पादन हुने बिश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले अहिले कोभिड १९ का कारण बजारको समस्या भए पनि उत्पादित बस्तुको बजारिकरणको लागि गाउँपालिकाले प्रयत्न गरि रहेको र बजारको समस्या नहुने बिस्वास ब्यक्त गर्नु भएको थियो ।
सोहि अवसरमा १७ जना स्थानिय कृर्षकलाई ५० प्रतिसत अनुदानमा १७ वटा हातेट्रयाक्टर बितरण गरिएको थियो । ७ हर्सपावरका हातेट्रयाक्टरको लागि किसान बाट ३० हजार रुपैया लिईएको छ ।

कार्यक्रमको सहजिकरण समितिमा सह सचिब भेषराज ज्ञावालीले गर्नु भएको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.