गुल्मी /असोज १ – जिल्ला प्रशासन कार्यालय गुल्मीले २०७७ सालको संबिधान दिवसलाई भव्यताको साथ मनाउन आग्रह गरेको छ ।
कोरोना महामारीसग बिश्व नै जुधिरहेको यो समयमा भदौ २२ गते प्रधानमन्त्री केपि शर्मा ओलीको अध्यक्षतामा बसेको संबिधान दिवस मुल समारोह समितिको बैठकको निर्णय अनुसार असोज २, ३ र ४ गते साँझ घर घरमा दिप प्रज्वलन गरि मनाउन आग्रह गरिएको हो । संघ ,प्रदेश तथा स्थानिय तहका सम्पुर्ण सरकारी निकाय ,प्रतिष्ठान ,संघसस्था कार्यालयमा राष्ट्रिय झण्डा फहराउने तथा आम सर्वसाधारणलाई साँझ घर घरमा दिप प्रज्वलन गरि मनाउन आग्रह गरिएको छ भने स्थानिय संचार माध्यम तथा पत्रपत्रिकाबाट सम्बन्धीत बिभिन्न सन्देश तथा कार्यक्रमहरु प्रसारण गर्न भनिएको छ ।
यस्तै बिभिन्न मन्दीर ,बुद्धबिहार,मस्जीद चर्च एवम गुरुद्धार लगायतका धार्मिक स्थानहरुमा नित्य पुजा गर्दा राष्ट्र,राष्ट्रियता,स्वतन्त्रता र सबिंधानका लागि आफ्नो जिवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुको आत्माको चिरशान्तीको लागि राष्ट्रको तर्फबाट उच्च सम्मान र श्रद्धान्जली प्रकट गर्दै पुजापाठ तथा प्रार्थना गर्न अनुरोध गरिएको छ ।