जिल्ला प्रशासन कार्यालय गुल्मीले दशैं(तिहारलगायतका चाडपर्वहरु घरमै बसेर मनाउन आदेश जारी गरेको छ ।

असौज २९

जिल्ला प्रशासन कार्यालय गुल्मीले दशैं(तिहारलगायतका चाडपर्वहरु घरमै बसेर मनाउन आदेश जारी गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माद्वारा जारी भएको आदेश पत्रमा दसैँका अवसरमा परम्परादेखि हुँदै आएका नियमित पूजापाठ बाहेक धार्मिक मेला, जात्रा, सरायँ नाचलगायतका गतिविधि नगर्न पनि आदेश जारी गरिएको छ ।
सार्वजनिक यातायात सञ्चालन भएको र चाडपर्वमा कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आदेश दिएको हो ।यदि अत्यवश्यक कामका लागि घरबाहिर निस्कन परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न समेत आग्रह गरेको छ ।
त्यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएका व्यक्तिहरुलाई पनि रिपोर्ट नआउन्जेल होम क्वारेन्टिनमै बस्न भनिएको छ भने कसैले आदेशको अबज्ञा गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने प्रमुख जिल्ला अधीकारी शर्माद्वारा हस्ताक्षरित आदेशपत्रमा जनाईएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.