स्याङ्जा प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य

२९ आश्विन २०७७

दशैं, तिहार, छठजस्ता महत्वपूर्ण चाडपर्वहरु नजिकिँदै गर्दा स्याङ्जा प्रवेशमा कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले चाडपर्वमा नागरिकहरुको आवागमन बढ्ने हुँदा कोरोना संक्रमणको जोखिमलाई मध्यनगर गर्दै जिल्ला प्रवेशमा कडाई गर्ने भएको हो ।
प्रशासनले कार्तिक १ गतेदेखि लागू हुनेगरी कोरोनाको उच्च जोखिम भएका स्थानबाट स्याङ्जा प्रवेश गर्दा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । कोरोना परीक्षण रिपोर्टबीना आउनेले अनिवार्य तोकिएको क्यारेन्टिमा बस्नुपर्ने प्रशासनद्धारा जारी सूचनामा भनिएको छ । स्याङ्जा प्रशासनले कोरोना जोखिमका कारण घरघरमै बसेर चाडपर्व मनाउन समेत सबैमा अनुरोध गरेको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.