गुल्मीको धुर्कोट १ को नयाँगाउँ स्वास्थ चौकी लाई निशुल्क एम्बुलेन्स हस्तान्तरण

कार्तिक १
गुल्मी

गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर १ नयाँगाउँ र आसपासका जनतालाइ सेवा पुराउने उद्देश्यले नयाँगाउँ एम्बुलेन्स सेवा ट्रस्ट गुल्मी नेपाल काठमाडौंले निशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छ।
नयाँगाउँ मा जन्मिएर देश बिदेश मा रहनुभएका चन्दा दाताहरु र स्थानिय जनताको सहयोगमा संकलन गरिएको रकम बाट खरिद गरिएको एम्बुलेन्स नयाँगाउ स्वास्थ चौकी गुल्मी लाई हस्तान्तरण गरिएको सस्थाका सस्थापक महासचिब तथा सामाजिक अभियन्ता प्रकाश पोख्रेलले बताउनुभयो।
सस्थाको नाममा रहेको लु १ च ९२६२ नम्बर को एम्बुलेन्स नयाँगाउँ स्वास्थ चौकिको नाममा नामसारी गराइ महासचिव पोख्रेल ले एम्बुलेन्सको साचो र बिल बुक स्वास्थ्य चौकिका कर्मचारी प्रतिनिधिलाइ यातायात कार्यालय , बुटवल परिसरमै शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।
सस्थापक टिमको अथक प्रयास स्वरूप खरिद गरिएको एम्बुलेन्स स्थानिय जनतालाई प्रभावकारी सेवा पुराउने गरि नयाँगाउ स्वास्थ चौकी लाई हस्तान्तरण गरिएकोले प्रभावकारी र पारदर्शी सेवा प्रदान गर्ने चौकिका प्रमुख भेष बहादुर बिसि ले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
ग्रामीण क्षेत्र मा एम्बुलेन्स सेवा पुराउने उद्देश्यले राधा मल्ल को अध्यक्षता मा सामाजिक अभियन्ता प्रकाश पोख्रेल, जर्नेल भरत मल्ल, मधु क्षेत्री ,नारायण मल्ल, सज्जन पोख्रेल र पार्बती अधिकारिको सक्रियतामा सस्थाको स्थापना गरिएको थियो।

You might also like

Leave A Reply

Your email address will not be published.