पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि

असौज २

पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ८७५ नमुना परीक्षण गर्दा १११७ महिला र १८२५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएका हुन् ।देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३०१ जनाको आईसीयू र ६६ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका १४६९ जना, ललितपुरका १३० र भक्तपुरका ९९ जना छन् ।रुपन्देहीका १९२ जना, चितवनका १४९, सुर्खेतका ११०, मोरङका १३८, झापाका ७२, नवलपुरका ५५, मकवापुरका ४३, बाँकेका ४१, कास्कीका ३१, स्याङ्जा र कपिलवस्तुका ३०र३० जना, नवलपरासीका २९, गोरखाका २६, पाल्पाका २०, तनहुँका १९, सल्यानका १५, उदयपुरका १४, सुनसरीका १२, बारा, बर्दिया र दैलेखका १०र१० जना, इलाम, नुवाकोट र डोटीका ९र९ जना छन् ।
यस्तै संखुवासभा र पर्साका ८र८ जना, खोटाङ र दाङका ६र६ जना, धादिङ, बाग्लुङ र कञ्चनपुरका ५र५ जना, रौतहट, काभ्रे, रामेछाप, लमजुङ, अर्घाखाँची, गुल्मी र कालीकोटका ४र४ जना, सर्लाही, सिराहा, हुम्ला र बैतडीका ३र३ जना, तेह्रथुम, म्याग्दी, रुकुम पश्चिम र दार्चुलाका २र२ तथा ओखलढुंगा, धनुषा, महोत्तरी, सप्तरी, दोलखा, सिन्धुली, प्युठान, जुम्ला, अछाम र बझाङका १र१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.