गुल्मीमा आत्महत्याले थप भयावह रुप लिँदै जान थालेको छ ।

४ कात्तिक, गुल्मी ।

गुल्मीमा आत्महत्याले थप भयावह रुप लिँदै जान थालेको छ । यस आर्थिक वर्षको साउनमा ११ जनाले आत्महत्या गरेका छन् । जसमा चार महिला र पाँच पुरुष र दुई बालबालिकाले आत्महत्या गरेका छन् । त्यस्तै भदौमा दुइ महिला र ९ जना पुरुष र दुई बालबालिका गरी १३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अघिल्ला वर्षमा प्रत्येक महिना ६ जना भन्दा बढीले आत्महत्या गर्ने गरेको देखिए तापनि यस आर्थिक वर्षमा भने सुरुवाती दुई महिनामा २४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मी तथा लुम्बिनी प्रदेश प्रहरीले आत्महत्या न्युनीकरणका लागि विभिन्न कार्यक्रम गरे पनि आत्महत्या न्युनीकरणका प्रयास सफल हुन सकेका छैनन् । गुल्मीमा १३ वर्षका बालबालिकादेखि ७७ वर्षका वृद्धले समेत आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ । पारिवारिक बिमेल,आर्थिक विपन्नता तथा मानिसक तनावका कारण आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले जनाएको छ । गुल्मीमा अघिल्लो आर्थिक वर्षमा ८१ जनाले आत्महत्या गरेका थिए ।

You might also like

Leave A Reply

Your email address will not be published.