काठमाडौ
कात्र्तिक २९ – यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ ।
लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज विशेषगरी सरसफाइ ,लिपपोत गरी घर घरमा दीपावली गर्नेa चलन छ । आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म लक्ष्मीको पाइला बनाएर बाटो समेत देखाइन्छ ।
माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ ।
आजै कुकुर तिहार पनि मनाइँदैछ ।आजैको दिनबाट देउसी भैलो खेल्ने गरिन्थ्यो तर यस वर्ष कोरोना संक्रमणको जोखिमको कारण सरकारले देउसी भैलो खेल्न रोक लगाएको छ । कार्तिक कृष्ण चतुर्दशीको बिहान आज नदी, तलाउ वा धारामा गएर स्नान गरेर नरक स्नान समेत गर्ने गरिन्छ ।
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यस वर्ष कात्तिक २७ गतेदेखि तिहार सुरु भएको हो । दोस्रो दिन हिजो काग तिहार मनाइएको छ ।