गुल्मीमा सशस्त्र प्रहरीले कोरोना महामारी नियन्त्रण गर्न स्थानीयसँग सचेतना

अनिल खत्री
३० कात्तिक, गुल्मी ।

गुल्मीमा सशस्त्र प्रहरीले कोरोना महामारी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । चाडपर्वको समयमा धेरै आवज जावत हुने भएकाले सशस्त्र प्रहरी बल, ३७ गुल्म गुल्मीले कोरोना नियन्त्रणका लागि सचेतना कार्यक्रम गरेको हो ।
सशस्त्र प्रहरीले रेसुङ्गा नगरपालिका वडा नम्बर–१२ उर्लेनी चोकमा आवत–जावत गर्ने स्थानिय बासिन्दाहरुलाई ज्वरो मापन, परामर्श, साबुन पानीले हात धुने तरिका सिकाउदै मास्क वितरण गरेको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्मपति प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले जानकारी दिए । शसस्त्र प्रहरीले सचेतनामुलक कार्यक्रमले केही हद सम्म भए पनि स्थानिय नागरिकहरुमा चेतना फैलाउने उदेश्य रहेको लम्सालले जानकारी दिए ।
स्थानीयसँग गरिएको सचेतना कार्यक्रममा स्थानिय नागरिकहरुमा सचेतना बढ्दैन तब सम्म कोरोनाको जोखिममा कमि नआउने बारे स्थानीयलाई लम्सालले जानकारी गराएका थिए । रेसुङ्गा नगरपालिका(१२ का वडा अध्यक्ष कुल बहादुर टण्डलले नागरिकहरुलाई सचेत बनाउने यो अभियानमा स्थानियहरुको पूर्ण साथ रहने बताए ।
सुरुका दिनहरुमा गुल्मीमा थोरै संक्रमित भेटिएको भएता पनि पछिल्लो समयमा भने संक्रमितको संख्या बढ्दै गईरहेको छ । यसरी बढ्दै गई रहेको अवस्थालाई नियन्त्रणमा ल्याउन स्थानिय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकाय र स्थानिय जन प्रतिनिधिहरुसंग आवश्याक समन्वय गरी कोरोना महामारी रोकथाम तथा प्रतिकार्यको लागि दैनिक बजार अनुगमन ड्युटी तथा स्थानिय बासिन्दाहरुलाई सचेतनामुलक कार्यक्रम गर्दै आईरहेका प्रहरी नायव उपरीक्षक लम्सालले बताए ।

You might also like

Leave A Reply

Your email address will not be published.