नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले चाहेअनुसार काम नभएको अनुभूत गरेको बताएका छन। जनताको सरकारप्रतिको बुझाइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी भएको प्रचण्डले बताए। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताले दुई तिहाईको सरकार गठन गर्दा पनि अनुभूत हुनेगरी काम हुन नसकेको बताएका हुन। उनले चुनावमा गरेका बाचा पूरा नहुँदा जनताले दिने प्रतिक्रिया नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र आफूलाई पनि ज्ञात भएको बताए। यो बीचमा केही राम्रा काम शुरु भएका छन। तर दुई तिहाईको सरकार भएका बेला नेपाली जुन गतीको साथ विकास होला निर्माण होला फटाफट काम होला भ्रष्टहरूमाथि कारबाही होला सुशासन होला लागेको थियो त्यो हुन सकेको छैनु, प्रचण्डले भने, वृद्धभत्ता पाँच हजार पुर्याउँछौ भनेका थियौ त्यो हुन सकेन। अब बन्ने बजेटमा त्यो पूरा गर्ने प्रधानमन्त्री र मबीच कुरा चलिराखेको छ। प्रचण्डले केही राम्रा काम भए पनि जनताले अनुभूत गर्नेगरी काम हुन नसकेको कुरा प्रधानमन्त्रीले पनि बुझेको बताए। पूर्वाधार निर्माण, बृद्धभत्ता, शिक्षा, स्वास्थ्य, रोजगारका काम जनताले आफ्नो सरकार आयो भन्ने सोच्ने, भोग्ने र अनुभूत गर्नेगरी अबको बजेटमा व्यवस्था गर्न प्रधानमन्त्री र आफूबीच कुरा चलिराखेको प्रचण्डले बताए। प्रचण्डले अहिले दुवैजनाबीच नयाँ बजेटको बारेमा छलफल भइरहेको पनि जानकारी दिए। उनले चुनावमा गरेका बाचा पूरा गर्ने हिसाबले नयाँ बजेटको तयारी भइरहेको बताए। अब बनाउने बजेटमा हामीले यो पटक नसकेका कुरा जनताले देख्ने, बुझ्नेगरी व्यवस्था गर्ने छलफल भइरहेको छ, प्रचण्डले भने। उनले प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा भत्ताको व्यवस्थाको प्रसंसा गरेका थिए। उनले भने, अब हाम्रो सरकार आयो भनेर जनताले बुझ्ने गरी बजेट बनाउने तयारी भइरहेको छ। उनले अबको बजेटमा बृद्धभत्ता पाँच हजार पुर्याउने बताए। प्रचण्डले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको पनि बताए। शान्ति प्रक्रिया कछुवा गतीमा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने काम कछुवा गतीमा चलेको भन्दै असन्तुष्टि जनाएका छन। प्रचण्डले भने, ुनेपालमा शान्ति प्रक्रियाका केही मूलभूत कुरा त टुंगिए, केही कुरा बाँकी छन। सत्यनिरुपण आयोग, बेपत्ता छानबिन आयोग बनेका छन् काम पनि भएको छ तर असाध्यै कछुवाको तालमा भएको छ। उनले शान्ति प्रक्रियाका बाँकी काम छिटो सक्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। शान्ति प्रक्रियालाई लिएर देशमा चिन्ता बढिरहेका बेला प्रचण्डको यस्तो धारणा आएको हो। प्रचण्डले द्वन्द्वपीडितहरूलाई क्षतिपूर्ति दिएर शान्तिको वातावरण बनाउनुपर्ने धारणा राखेका छन्। उनले भने, जबसम्म पीडितलाई क्षतिपूर्ति दिइँदैन, उनीहरूका परिवारलाई राहत दिइँदैन शान्तिको वातावरण पूरा हुन्न।उनले थपे, सबैलाई क्षतिपूर्ति दिने गरी समाजमा फेरि दिगो शान्तिको वातावरण बनाउने कुरा अन्तिम चरणमा छ, हामी त्यसमा लागेका छौँ