मानव अधिकारबादी कृष्ण पहाडीसहित २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई बानेश्वरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरुलाई अहिले बानेश्वर प्रहरी वृत्तमा राखिएकोसमेत प्रहरीेले जनाएको छ। मानवअधिकारको उल्लंघन भएको भन्दै प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।