संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिकको हेलिकप्टर बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ ।
बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा डाइनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारी सहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया , मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।
यसैबीच गृहमन्त्रालयले केही बेर अघि पत्रकार सम्मेलन गरि मन्त्री अधिकारी र उनका पिएसोको शब चिन्न सक्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ गएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको गृहमन्त्रालयले जनाएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताईएको छ । मन्त्री अधिकारी एक सम्भावना बोकेका नेताका रुपमा चिनिन्थे ।
अधिकारीको जीवनीः
पिता – इन्द्र प्रसाद अधिकारी
माता – लक्ष्मीदेवी अधिकारीको
जन्म मिति – बि सं २०२६ साल बैशाख २२ गते जन्मस्थल ( कास्की भरतपोखरी गाबिस ९ जामुनाबोटमा
श्रीमती – बिद्या भट्टराई तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत
अध्ययन ब्यवस्थापनमा स्नातकोत्तर
सन्तान दुई छोरा
२०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका रबिन्द्र अधिकारी,आफ्नो गाऊँकै श्री ब्रह्म ज्योति प्रा.बी. शान्ति पंधेरा गैरागाऊं बाट प्राथमिक शिक्षा र शान्ति उदय मा बि हालको उच्च माबी बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हांसील गर्नु भएको थियो । बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्थ्यो जसका कारण पनि उंहालाई शिक्षाका लागी राम्रो बाताबरण घर देखि नै थियो । सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुनु भयो । बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगाएतका मध्यमबाट राजनितिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार । बिद्यार्थी हुनुहुन्थ्यो। त्यस समयमा उहाँले बिद्यालयमा मात्र होइन त्यस क्षेत्रमै अनेरास्वबियुको नेतृत्व पनि गर्नु भएको थियो ।
बिद्यार्थी राजनीति र उच्च शिक्षा
प्रबेशिका उतीर्ण पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गर्नु भयो । २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित हुनु भयो । २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएको थियो ।
त्रि।बि। बाट ब्यबस्थापनमा स्नातकोत्तर गर्नु भएका उंहाले संबिधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गर्नु भएको छ । बिगत दुई दशक देखि उंहाका सयौ अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन । २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन गर्नु भएका अधिकारी अहिले पनि बिभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्नु हुन्थ्यो ।
बिद्यार्थी आन्दोलन र जेल
०४६को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायतकालमा पटक(पटक गरी छ महीना जेल र हिरासतमा बिताउनु भयो ।
गुणस्तरिय शिक्षा, जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै पांच लाख २३ ह़जार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगाएत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उहाँको नाम नमेटीने गरी लेखिएको छ ।
नेकपा एमाले पार्टी राजनीतिमा
२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएको थियो । २०४०मा इलाका पार्टी कमिटीमा,२०४६र४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनु भयो । २०६०मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब र ०६३ मा पनी पुनस् सचिबमा निर्वाचित हुनु भयो । ०६२र६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक(पटक गरी पांच महिना जेल बस्नु भयो । पार्टीको राष्ट्रीय परिषद् सदस्य, अन्चल कमिटी सदस्य भएर काम गरी सक्नु भएका अधिकारी हाल पार्टीको राष्ट्रीय प्रतिनिधि परिषद्को सदस्य, केन्द्रीय पार्टी स्कुल बिभाग र संसदीय बिभागको सदस्य हुन्थ्यो ।
संसद रसंबिधान सभा
२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भए पछि संसदमा खेलेको भूमिका सबै लाई अबगत भएकै कुरा हो । सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत,फ्रिक्योंसी,सार्बजनिक संस्थान,बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोर्ट आदि बिषयमा बिभिन्न उप समितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नु भएको छ । संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रीय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो । २०७० को चुनाब पछी संसदको बिकास समितिमा सभापति रहनु भयो । २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं। २ बाट निर्वाचित हुनुभएको थियो । लगातार तेश्रो पटक निर्वाचित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हुन्थ्यो । त्रिभुवन विमानस्थललाई २१ घन्टा सुचारु बनाउने लगायतका ‘लोकप्रिय’ काम थालेका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारी पदमा बहाल रहेकै बेलामा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना परि २०७५ फागुन १५ गते मृत्यु भएको थियो ।
अधिकारीका प्रकासित पुस्तकहरु :
संविधानसभास् लोकतन्त्र र पुनर्संरचना
समृद्द नेपाल
सँगै राजनीति एवं विकाससम्बन्धी लेख तथा रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकासित हुदै आएका थिए।