राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आज देखि शरतसिंह भण्डारीले सम्हाल्नुभएको छ ।
महाधिवेशन अघि चक्रीय प्रणालीबाट नेतृत्व गर्ने सहमति अनुसार बुधबारदेखि संयोजकको जिम्मेवारी भण्डारीले सम्हाल्नुभएको राजपाले जनाएको छ । चक्रीय प्रणाली अनुसार २–२ महिनाको कार्यकाल हुने भए पनि राजपाले आउँदो वैशाख ७ गतेदेखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकाले भण्डारीको नेतृत्वमा महाधिवेशन हुनेछ ।
गएको वैशाखमै एकता महाधिवेशन गर्ने भनिए पनि राजपाले आउँदो वैशाख पहिलो हप्ता मात्र महाधिवेशन गर्ने तयारी गरेको छ ।