एचआइभी संक्रमित बिरामीको अप्रेसन गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चिकित्सहरूले आनाकानी गरेको गुनासो आएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका २ का एक पुरुष पिलो चिर्न मंगलबार अस्पताल गएका थिए ।
रगत चेकजाँच गर्दा एचआइभी संक्रमण देखिएपछि सर्जन डाक्टरहरू भुवन पौडेल र शरद पोखरेलले पिलो चिरफार गर्न अस्वीकार गरेको बिरामीका दाजु घनबहादुर थापाले गुनासो गर्नुभयो । २३ वर्षका उनी ६ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए ।
उनी बिरामी भएपछि घर आएर चेक गर्दा शुरुमा टिभी र पछि बुटवल गएर चेक गर्दा एचआइभी पोजेटिभ देखिएको थियो । अरू डाक्टरले आनाकानी गरेर पन्छिएपछि बुधबार बिहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका डा। कृष्ण खनालले पिलोको अपरेसन गरिदिनुभएको छन् ।
सुपरिटेन्डेन्ट खनालले भने सिनियर डाक्टरले अप्रेसन गर्नुपर्ने भएकाले नगरेको दाबी गर्नुभएको छ ।