नेपाली कांग्रेस गुल्मीले यहि चैत्र १६ र १७ गते गर्ने लागेको प्रथम ऐतिहासिक जिल्ला सम्मेलनको तयारीलाई अन्तिम चरणमा पु¥र्याएको छ ।
बिपि स्मृति भवन सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन् गदै कंग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले पूर्व प्रधानमन्त्रि तथा सभापति शेर बहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका दर्जन भन्दा बढी केन्द्रिय नेताहरुले सम्मेलन्लाई सम्बोधन गर्ने बताउनुभयो । यसअघि देशमा भईरहेका विभिन्न घटनाक्रमका कारण केही अन्यौला छाए पनि तोकिएकै मितिमा सम्मेलन् गर्ने श्रेष्ठले बताउनुभयो ।
ऐतिहासिक प्रथम जिल्ला सम्मेलनलाई राष्ट्रिय रुपमै निकै महत्व र चासोको रुपमा हेरिएको भन्दै सम्मेलनबाट सिङ्गो कांग्रेसलाई अझ मजबुत र एकतामा ल्याउन राष्ट्रिय रुपमै सन्देश प्रवाह हुने श्रेष्ठले बतानुभयो ।
पार्टीको विधान अनुसार प्रत्येक वर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था भएता पनि विभिन्न प्राविधिक कारणहरुले हुन नसकेको बताउँदै अहिले गुल्मी कांग्रेसले ऐतिहासिक रुपमा प्रथम जिल्ला सम्मेलन गर्न लागेको उहाँले बताउनुभयो ।
श्रेष्ठले पार्टी सङ्गठनलाई जिल्लादेखि गाउँ र स्थानीय तहसम्म पार्टी सङ्गठनलाई बलियो र सशक्तढङ्गले अगाडि बढाउने, कार्यकर्तालाई प्रशिक्षण दिने,वर्तमान सरकारले गरेका ज्यादतीको भण्डाफोर गन पनि बताउनुभयो ।
सम्मेलन् मार्फत शक्ति प्रर्दशन गर्ने,व्यापक विरोध प्रर्दशन गर्ने तथा आन्तरीक शक्तिलाई सुदृढ गर्ने प्रमुख लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । सम्मेलन्लाई व्यवस्थित बनाउनका लागि ७ वटा उप–समितिहरुको गठन गरिएको सचिव खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
सचिव पन्थीका अनुसार स्वागत तथा सत्कार समितिको संयोजकमा जिल्ला उप–सभापति विष्णु बलाल,साङगठिन समितिको संयोजकमा सचिव खिलध्वज पन्थी,प्रचारप्रसार समितिको समयोजकमा सचिव विष्णुकुमारी सापकोटा,आर्थिक समितिको संयोजकमा कोषाध्यक्ष हरि बहादुर के.शी,मञ्च व्यवस्थापन समितिको संयोजकमा तरुण दल जिल्ला अध्यक्ष भरत भलामी,आवाश समितिको संयोजकमा जिल्ला सदस्य प्रकाश भलामी,सांंस्कृतिक समिति संयोजकमा नेपाल सांस्कृतिक संघका जिल्ला अध्यक्ष खुम बहादुर खत्री रहनुभएको छ ।
सम्मेलन्लाई लक्ष्यित गदै कांग्रेस गुल्मीले पालिका स्तरीय भेला समेत सम्पन्न गरीसकेको छ । जिल्लामा रहेका १२ वटै स्थानीय तहमा पालिका स्तरीय भेला सम्पन्न गरेको हो । ऐतिहासिक प्रथम जिल्ला सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि नेपाली कांग्रेस गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा जिल्लास्तरीय नेताहरुलाई प्रतिनिधको रुपमा खटाएको थियो । चैत्र १ गते जिल्लाको रुरु गाउँपालिकामा पालिका स्तरीय भेला सम्पन्न भएको थियो । रुरु गाउँपालिकामा प्रतिनिधिको रुपमा सचिव खिलध्वज पन्थी त्यहाँ पुग्नुभएको थियो । चैत्र २ गते विभिन्न गाउँपालिका तथा नगरपालिकामा पालिका स्तरीय भेला सम्पन्न भएको थियो ।
जसमा धुर्काेट गाउँपालिकामा प्रतिनिधिको रुपमा सभापति भुवनप्रसाद श्रेष्ठ स्वयम आफैं पुग्नुभएको थियो । त्यस्तै छत्रकोट गाउँपालिकामा उप–सभापति विष्णुप्रसाद बलाल,रेसुङ्गा नगरपालिकामा सचिव खिलध्वज पन्थी,मदाने गाउँपालिकामा सचिव विष्णु कुमारी सापकोटा,चन्द्रकोट गाउँपालिकामा श्रीप्रसाद भलामी,प्रतिनिधिको रुपमा पुगेका थियो । ईस्मा गाउँपालिकामा जिल्ला सदस्य नारायण रिजाल,गुल्मी दरबार गाउँपालिकामा जिल्ला सदस्य झविन्द्र विश्वकर्मा पुग्नुभएको थियो ।
जिल्लाको मुसिकोट नगरपालिकामा पार्टीले प्रतिनिधिको रुपमा महासमिति सदस्य तथा जिल्ला सदस्य छन्दबहादुर पहराई,कालिगण्डकी गाउँपालिकामा जिल्ला सदस्य अनन्तराम पौडेल,सत्यवती गाउँपालिकामा सह–सचिव गोपालप्रसाद पाण्डेय,मालिका गाउँपालिकामा जिल्ला सदस्य चन्द्रबहादुर महत पुग्नुभएको हो ।