शुक्रबार पहाडी क्षेत्रका केही भूभागमा साँझपख मेघगर्जन र हावाहुरी सहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
पश्चिमी वायुसँगै स्थानीय वायुको असरले साँझपख पहाडी भेगको एकदुई ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । उहाँका अनुसार मध्य र पूर्वको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने संभावना पनि छ ।
स्थानीय वायुको असरले शुक्रबार काठमाण्डौ उपत्यकासहित देशका पहाडी भूभागको मौसम बदली भएको छ । तराई क्षेत्रको मौसम भने सफा छ ।
पश्चिममा न्यूनचापीय प्रणाली आउन लागेकाले शुक्रबार राति पश्चिमी क्षेत्रको मौसम बदली भई केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद् रिमालको अनुमान छ ।