अर्घाखाँचीको मालारानी गाँउपालिका वडा नम्बर–२, का वडाध्यक्ष विष्णुप्रसाद भुसाल ९विनोद० हराएको एक सय दिन पछि सम्पर्कमा आउनु भएको छ । शुक्रबार बिहान बुटवलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।
उहाँ कहाँ र किन गएको भन्ने बारेमा जानकारी नगराएको तर आफू कुशल रहेको जनाएको अध्यक्ष आचार्यले बताउनुभयो । उहाँ भारतमा गएर बसेको हुन सक्ने आंकलन गरिएको छ । तर किन र केकोलागि वा कुन समस्याले भन्ने थाहा हुन सकेको छैन ।
पुस २ गते मालारानी २ डाडाकटेरीमा रहेको घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन हुनु भएको थियो । गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गएको भन्ने बारेमा थाहा हुन सकेको थिएन ।
प्रहरीले खोजी कार्य जारी राखेको थियो । उहाँ तत्कालीन नेकपा एमालेबाट स्थानीय तहको चुनावमा मालारानी–२, बाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।