नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषदले बुटवलमा बृहत प्रदर्शन गरेको छ । प्रदेश ५ लाई मगरात-थरुहट नामाकरण गर्न माग गर्दै परिषदले प्रदर्शन गरेको हो । प्रदेश ५ मगर र थारुको ऐतिहासिक थलो भएको र प्रदेशको जनसंख्या करिब दुई तिहाई मगर र थारुको रहेकाले प्रदेशको नाम मगरात थरुहट राख्नुपर्ने भन्दै सरोकारवालालाई दवाव दिन प्रदर्शन गरिएको महासंघले जनाएको छ ।
बुटवलको राजमार्गबाट सुरु भएको प्रदर्शनमा विशेषगरी मगर र थारु समुदायको उल्लेख्य उपस्थिति छ । जातीय पहिरनमा प्लेकार्ड र ब्यानरसहित निस्केको र्याली मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत हुने महासंघका प्रदेश समन्वय परिषदका सचिव मनोज रानाले जानकारी दिए ।
सभालाई नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका केन्द्रीय अध्यक्ष जगत बराम,नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।