शिक्षा मन्त्रालय ले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ । प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि मन्त्रालय ले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको हो ।
प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
लगातार प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा सुरक्षा निकाय सहितको बैठक बोलाएर छलफल गर्नुभएको छ ।
प्रश्नपत्र बाहिरिएको विषयमा छानविन गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०लाई दिने निर्णय भएको छ ।
प्रश्नपत्र सुरक्षामा प्रश्न उठेपछि मन्त्री पोखरेलले देशभरका प्रश्नपत्र चार घन्टाभित्र रुजु गर्न निर्देशन दिएका छन् । ४ घन्टापछि अर्को बैठक बस्नेछ र थप निर्णय हुने मन्त्रालय स्रोतले जनाएको छ ।