प्रहरीले कपिलवस्तु,पर्वत र स्याङ्जा जिल्लामा विप्लप समूहका सेक्रेटरी सहित ४ जना लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङजाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्याङ्जा सेक्रेटरी सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पुतलीबजार नगरपालिका १३ छहरीखोलाबाट विप्लव समूहका स्याङ्जा जिल्ला सेक्रेटरी ३३ वर्षीय गोकुल पराजुली र विप्लव समूहको मजदुर महासंघ स्याङजाका अध्यक्ष बताउने गोबिन्द ओली जीवनलाई पक्राउ गरेको हो ।
यता कपिलवस्तुमा प्रहरीले नेत्रविक्रम चन्द विप्लवको पार्टी ९नेकपा० निकट शिक्षकलाई पक्राउ गरेको छ। नेत्र विक्रम चन्द विप्लवनिकट अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष रामनिवास चौहानलाई पक्राउ गरेको हो।
यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका एकजना जिल्लास्तरीय नेता पर्वतमा पक्राउ परेका छन् ।
पर्वतको फलेवास नगरपालिका वडा नम्बर–७, लिमिठानाका धर्म पौडेल शुक्रबार बिहान पक्राउ परेका हुन् । सरकारले पछिल्लो समय नेकपाका नेता कार्यकर्तामाथि उच्च निगरानी बढाएको छ।