छत्रकोट गाउँपालिका वडा न. ५ मा बिद्युत मिटर बितरण गरिएको छ । अति बिपन्न परिवारलाई लक्षित गरि वडा न. ५ भित्रका १० घर परिवारलाई आज एक कार्यक्रमका बिच बिद्युत मिटर बितरण गरिएको छ । छत्रकोट गाउँपालिका वडा न. ५ का अध्यक्ष कृष्ण पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य ठाकुर श्रेष्ठ, कार्य समिती सदस्य निर्मला झेडी, वडा सचिव शेर बहादुर कुवरको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको बताईएको छ । यस्तै छत्रकोट गाउँपालिका वडा न. १ हुगामा पनि आज एक कार्यक्रमका बिच अति बिपन्न परिवारलाई लक्षित गरि १० घर परिवारलाई बिधुत मिटर वितरण गरिएको बताइएको छ ।