नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला सम्मेलन आजबाट सुरु भएको छ । जिल्ला सम्मेलनमा नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका दर्जन बढी नेता कार्यकर्ता ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बरिष्ठ नेता पौडेल गुल्मी प्रबेश गरेको खबर प्राप्त भएको छ भने अन्य नेताहरु आउने क्रम जारी रहेको छ । पार्टीको गुठबन्धिको अन्त्य र बर्तमान सरकारको भण्डाफोरको लागि जिल्ला सम्मेलन आयोजना गरिएको नेपाली काङ्ग्रेस गुल्मी का सभापती भुवन श्रेष्ठले बताउनु भयो ।