सगरमाथाको उचाईको मापनको नतिजा २०१९ को अन्तिममा आउने भएको छ । गत साल फागुन २५ गतेदेखि सुरु भएको सगरमाथा उचाई मापनको अन्तिम नतिजा २०१९ को अन्तिम सम्म सकिने र अन्तिम नतिजा आउने नापी विभागले जनाएको छ ।सगरमाथाको उचाई मापनमा सबै जना सक्रिय रुपमा लागेकाले उचाई मापनको नतिजा तोकिएकै समयमा ल्याउने तयारी रहेको सगरमाथाको उचाई मापन कार्यक्रमका संयोजक शुशिल डंगोलले जानकारी दिनुभयो । यस्तै नापी विभागले सगरमाथाको उचाई मापन कार्य नसकिएकाले सगरमाथाको उचाई घट्यो भन्ने कुरालाई नपत्याउन सबैमा आग्रह गरेको छ । सगरमाथाको उचाई मापनको काम नसकिएकाले अहिले यस्तो कुरामा विश्वास नगर्न विभागले आग्रह गरेको हो । ३५ जनाको टोली सगरमाथाको उचाई मापनको लागि खटिएको विभागले जनाएको छ ।