बाढीका कारण अफगानिस्तानमा कम्तीमा ३२ जनाको ज्यान गएको छ । बाढीका कारण हजारौं घरमा क्षती पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पश्चिमी अफगानिस्तानको ७ वटा राज्यमा भारी वर्षापछि बाढी आएको हो ।
अहिले उद्धार तथा राहत वितरणको काम सुरु भएको छ । तर बाटोहरु समेत बन्द भएकाले राहत पुर्याउन कठिन भएको खबरमा उल्लेख छ ।