गुल्मी कर्मचारी मिलन केन्द्र ले गुल्मी अस्पतालाई अत्याधुनिक ल्याब मेसिन हस्तान्तरण गरेको छ । सदरमुकाम तम्घासमा रहेको जिल्ला अस्पताल गुल्मीलाई थप सुबिधा सम्पन्न बनाउन भन्दै एक कार्यक्रमका बिच थाइराइड चेक गर्ने ल्याव मेसिन हस्तातरण गरिएको हो ।
गुल्मी अस्पतालमा आउने बिरामीहरुलाई स्वास्थ्य परिक्षणमा थप सहज होस भन्ने उद्देश्यका साथ मेसिन हस्तान्तरण गरिएको कर्मचारी मिलन केन्द्रका कोषध्यक्ष हरि प्रसाद गैरेले बताउनुभयो ।
करिब ६ लाख रुपैयाँ पर्ने अत्याधुनिक ल्याब मेसिन गुल्मी अस्पताललाई कर्मचारी मिलन केन्द्रको तर्फबाट गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले हस्तातरण गर्नुभएको हो ।