गुल्मिदरबार गाउपालिका को आ व २०७५/ ०७६ को स्वीकृत कार्यक्रम अन्तर्गत साबिक बलिथुम गा बि स वडा न.१ टारीमा पिछडिएको क्षेत्र बोटे माझि कुमाल गाउँ लाई लक्षित गरेर मंगलबार एक समारोहका बिच गाउपालिका अध्यक्ष श्री अशोक कुमार थापाले बोटेमाझी कुमालगाउ सामुदायिक स्वास्थ्य इकाइ को समुद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यकरम मा शुभकामना मन्तब्य राख्दै गाउपालिका अध्यक्ष श्री अशोक कुमार थापा ले स्वास्थ्यको पहुच पुर्याउन यो इकाइ को सुभारम्भ गरिएको र आगामी दिनमा आबस्यकता अनुसार अन्य ठाउहरु मा समेत यस्ता स्वास्थ्य इकाइहरु थप गर्न सकिने बताउनुभयो ।सोही कार्यक्रममा उपाध्यक्ष मिना भन्डारिले समुदयले नै यस इकाइ को सन्चालन मा जिम्मेवारी लिनुपर्ने उल्लेख गर्नु भयो । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा ले इकाइ को लागि गाउपालिका ले आबस्यक सहयोग गर्ने तर समुदायले यसको बिकासमा अझ बढी अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा गाउपालिकाका स्वास्थ्य सम्योजक नारायाण प्रसाद अर्यालले न्युनतम स्वास्थ्य सेवा गाउटोलसम्म पुर्याउने उद्देस्यले यस्ता इकाइहरुको सन्चालनमा गाउपालिकाले जोड दिएको र स्वास्थ्य इकाइले उपचारात्मक सेवा भन्दा प्रबधनात्मक सेवामा बढी जोड दिने साथै समुदायले यस सस्थाको ब्यब्स्थापनमा निरन्तर लागिरहनु पर्ने बताउनुभयो । उक्त कार्यक्रममा असोक कुमार थापा सम्रक्षक र राम बहादुर पल्ली अध्यक्ष भएको ८ सदस्य सामुदायिक स्वास्थ्य इकाई सन्चालन तथा ब्यबस्थापन समितीको गठन गरेको छ । समितिको उपाध्यक्षमा डिल्लिराज गौतम,सदस्यहरुमा केहरसिङ् माझी, रुपेश श्रेस्ठ, ओमप्रकाश खनाल,पार्बति गौतम र सदस्य सचिबमा इकाई प्रमुख पबित्रा नेपाली रहनुभएको छ । गुल्मिदरबार गाउपालिका वडा न १ का अध्यक्ष राम बहादुर पल्लीको अध्यक्षता र बलिथुम स्वास्थ्य इकाई चौकीका प्रमुख दिल बहादुर थापाले स्वागत गर्नुभएको सो कार्यक्रमको सन्चालन रुपेश श्रेष्ठले गर्नुभएको थियो ।