चन्द्रकोट गाउँपालिका गुल्मीमा मेलमिलाप सम्बन्धित आधारभुत तालिम सम्पन्न भएको छ । समाजमा हुने बिभिन्न प्रकृतिका द्न्द तथा झगडा मेलमिलापबाट समाधान गर्ने उदेश्यले तालिम प्रदान गरिएको हो । तालिममा प्रत्येक वडा वाट १ जनाा महिला र २ जना पुरुष गरि २४ जनाको सहभागिता रहेको थियो । न्यायिक समिती संयोजक राधिका अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले मेलमिलाप बाट समाजमा शान्ति कायम हुने भएकोले तालिम प्रभावकारी भएको विश्वास व्यक्त गर्नु भयो । न्यायिक समिती सदस्य भानुभक्त सुवेदीले स्वागत गर्नु भएको कार्यक्रम मञ्जु सुवेदीले संचालन गर्नु भएको थियो । तालिमको सहजिकरण उधव प्रसाद अधिकारी र विनिता गुरुङले गर्नु भएको थियो । तालिम १६ गते सुरु भई २४ गते समापन गरिएको हो ।