वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरम विस्फोट गराएको विरोधमा व्यवसायीहरुले आज म्यानपावर बन्द गरेका छन् । शुक्रबार राती अध्यक्ष गुरुङको घरमा गराइएको बिस्फोटको नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाले जिम्मेवारी लिइसकेको छ । विस्फोटमा ४ जना घाइते भएका थिए भने घरमा आगलागी पनि भएको छ । विस्फोटको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै आज म्यानपावर बन्द गरिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । संघले तत्काल दोषीलाई पक्राउ गरि कारबाही नगरे वैदेशिक रोजगारमा कामदार पठाउन अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी पनि दिइसकेको छ ।