परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भुटानका मानव अधिकारवादी नेता टेकनाथ रिजाल बिच भेटवार्ता भएको छ । भेटको क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बाँकी रहेका भुटानी शरणार्थीलाई स्वदेश फर्काउने वातावरण बनाउनका लागि नेपालले संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायोग ९युएनएचसीआर० र अन्तर्राष्ट्रिय समुदायलाई भनेको बताउनुभएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली र आफूले अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँगको भेटका क्रममा सोही हिसाबले कुरा राखेको बताउनुभएको थियो ।
करिब १ लाख १२ हजार भुटानी शरणार्थी अहिलेसम्म तेस्रो मुलुकमा गइसकेका भएपनि करिब साढे ६ हजार भुटानी शरणार्थी अझै नेपालमा रहेका छन् ।