कोरियन भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ने भएको छ । सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
शाखाले सूचना निकालेर आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो । परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुने पनि ईपीएसले जनाएको छ ।
काठमाण्डौ र पोखरामा परीक्षा सञ्चालन हुने भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ । कोरियाले सन् २०१९ मा नेपालबाट १० हजार ५० जना कामदार लैजाने भएको छ ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।