पृथकतावादी आन्दोलन गरी रहेका सिके राउतसंग सरकारले गरेको सम्झौता खारेज गर्न माग गर्दै नेपाल बिद्यार्थी संघले आज काठमाडौका क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।
संघले सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। त्रिचन्द्र, शंकरदेव, पशुपति, रत्नराज्य लगायत क्याम्पस अगाडिबाट नेपाल बिधार्थी संघले बिरोध प्रदर्शन गरेको हो ।
सम्झौतामा देश टुक्र्याउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी जनअभिमत भनिएकाले यो कुनै हालतमा मान्य नहुने भन्दै सम्झौता खोरेज गर्नु पर्ने नेबिसंघको माग छ ।
उसले सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको आरोप लगाएको छ ।
देश टुक्र्याउन पाईदैन, देश सबैको साँझा हो, सिके राउत संगको सम्झौता खारेज गर, सिके राउतलाई कारवाही गर लगायतका नारा र प्लेकार्ड सहितको बिरोध र्याली त्रिचन्त्र क्याम्पस अगाडि आएर कोणसभामा परिणत भएको थियो ।