प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गर्नुभएको छ। प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई फेर्ने र नयाँ मन्त्री नियुक्त गर्नेबारे पार्टीका अन्य नेताहरूसँग सल्लाह गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीले मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ।
यसैबिच मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग प्रचण्डले प्रधानमन्त्री र पार्टीभित्र मन्त्री हेरफेर गर्ने विषयमा छलफल सुरु भएको बताउनु भएको छ ।
यस्तै उहाँले सीके राउतको स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले गरेको सहमतिप्रति पार्टीकै केही नेताले असन्तुष्टि देखाएको भन्दै त्यसबारे पार्टीमा आएर छलफल गर्न सचेत गराउनुभयो ।