सीके राउतसगं सरकारले गरेको ११ बुँदे सहमतिको विरोध गर्दै मातृभूमि संरक्षण नेपालले राजधानीमा प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीहरुले राउतसँगको सम्झौता खारेज गर्न, तराईमा नागरिकता वितरण बन्द गर्न र राष्ट्रिय एकता कायम गर्न माग गर्दै नाराबाजी गरेका थिए । देश विखन्डनको एजेन्डा बोकेका राउतलाई देश निकाला गर्नुको सट्टा सरकारले सहमति गर्दै हिँडेको भन्दै उनीहरुले आक्रोश पोखेका थिए ।
हनुमानढोकाबाट निकालिएको र्याभली नयाँसडक, भद्रकाली हुँदै माइतीघर मन्डलामा पुगेर सकिएको थियो ।