सब डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत भरतप्रसाद शाह पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले शाहलाई पक्राउ गरेको हो । आयोगबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शाहलाई विचौलिया पुष्पराज जोशीसहित पक्राउ गरेको छ । काठ दाउरा चोरी निकासीको मुद्दा मिलाइदिन्छु भन्दै शाहले विचौलिया मार्फत ३० हजार घुस मागेकोे बताइएको छ ।