बुटवल उपमहानगरपालिकाले वडा नं ८ को शुक्रपथलाई नमुना सडक बनाउन लागेको छ । करिब ६७ लाख लागत अनुमान गरिएको यो सडक नगरकै नमुना बन्ने दाबी गरिएको छ ।दुबैतर्फ व्यवस्थित नाली र हरियाली सहित बन्ने नमुना सडकको शुक्रबार नगर प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्नुभयो ।जनसहभागितामा आधारित विकास निर्माण नै टिकाउ र गुणस्तरीय हुने भन्दै प्रमुख सुवेदीले उपभोक्ताहरुको सक्रिय सहभागिताको सराहना गर्नुभयो । उहाले उपभोक्ताहरुले विकास निर्माणका काममा सहभागिता जनाएसंगै कामको गुणस्तर र प्रभावकारीताका बारेमा पनि निरन्तर निगरानी गर्नुपर्ने बताउनुभयो ।
सडक निर्माण कार्य एक महिना सकिसक्नेगरि काम सुरु गरिएको उपभोक्ता समितिका तर्फबाट अनुगमन समितिका निर्देशक बालाराम भट्टराईले जानकारी दिनुभयो।