प्रदेश ५ का एक सय ८ स्थानीय तहमा राष्टिय स्तरका वाणिज्य बैक पुगेका छन । एक सय ९ स्थानीय तह रहेको प्रदेश ५ मा अव एउटा स्थानीय तहमा मात्रै राष्टियस्तरको बाणिज्य बैकको शाखा खुल्न बाकी रहेको नेपाल राष्ट बैकको सिद्धार्थनगर शाखाले जनाएको छ । राष्टियस्तरको वाणिज्य बैकको शाखा खुल्न बाकी रोल्पाको सुनछहारी गाउपालिकामा पनि एसबिआई बैकले शाखा खोल्ने तयारी गरेको छ । एसबिआई बैकले शाखा सञ्चालनका लागि गाउपालिकासंग गत माघ २९ गते संझौता गरीसकेको गाउपालिकाकी उपाध्यक्ष पार्वती घर्ति मगरले जानकारी दिनुभयो। बैकले गाउपालिकाको कार्यालय नजिकैको एउटा घर शाखा सञ्चालनका लागि भाडामा समेत लिईसकेको छ । बैकका दागं शाखा प्रमुख पवन घिमिरेले सुनछहारीमा शाखा खोल्न सुरक्षाका दृष्टिले सुरुमा पक्कि घर नपाईएकाले समस्या भएपनि अव केही दिनमा कार्यालयमा फनिर्चर तथा अन्य व्यवस्थापन गरी कारोवार सुरु गर्ने बताउनुभयो ।
नेपाल राष्ट बैकले हालै सार्बजनिक गरेको बिवरण अनुसार ७ सय ५३ स्थानीय तह मध्ये ७ सय ११ स्थानीय तहमा बैकका शाखा पुगेका छन । सात वटै प्रदेशमा सबैभन्दा बढी स्थानीय तहमा राष्टिय स्तरका बाणिज्य बैक पुगिसकेको प्रदेश ५ भएको छ । राष्ट बैकको केन्द्रिय तत्थ्यांकमा प्रदेश ५ मा २ वटा स्थानीय तहमा बाणिज्य बैकको शाखा नपुगेको उल्लेख गरीएको भएपनि प्रदेश ५ मा सुनछहारी बाहेक सबै स्थानीय तहमा बाणिज्य बैकको शाखा पुगेको नेपाल राष्ट बैकको सिद्धार्थनगर शाखाले जनाएको छ ।
राष्ट बैकका अनुसार प्रदेश १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय २९ स्थानीय तहमा बाणिज्य बैकका शाखा पुगेका छन । ८ वटा स्थानीय तह अझै बाणिज्य बैकको शाखा बिहीन छन । त्यस्तै प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहमा मात्रै बाणिज्य बैकको शाखा खुल्न बाकि छ । १ सय ३३ स्थानीय तहमा बैकका शाखा रहेका छन ।
प्रदेश ३ का १ सय १९ स्थानीय तहमा १ सय १४ मा बाणिज्य बैकका शाखा पुगेकाछन अव ५ वटा स्थानीय तहमा मात्रै शाखा पुग्न बाकि छ ।
८५ स्थानीय तह रहेको गण्डकी प्रदेशमा ८२ स्थानीय तहमा शाखा खुलेका छन । ३ वटा स्थानीय तह मात्रै शाखा खुल्न बाकी छ ।
७९ स्थानीय तह रहेको कर्णाली प्रदेशमा १५ स्थानीय तहमा बाणिज्य बैकका शाखा पुगेका छैनन । ६३ स्थानीय तहमा बाणिज्य बैकले शाखा खोली कारोवार गरीरहेका छन । त्यस्तै सुदुरपश्चिमका ८८ स्थानीय तह मध्ये १० वटामा बाणिज्य बैकका शाखा छैनन । ७८ वटा स्थानीय तहमा बाणिज्य बैकले शाखा खोली कारोवार गरीरहेका छन । यस्तै माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढ्दा १६४ वटा बैंक तथा वित्तीय संस्था सो प्रक्रियामा समावेश भएका छन् । त्यसमध्ये १२२ वटा संस्थाको इजाजत खारेज भई ४२ संस्था कायम भएका छन् ।
अर्थमन्त्रि डा. युवराज खतिवडाले संसदको बैठकमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा सबै स्थानीय तहमा राष्टियस्तरको बाणिज्य बैकको शाखा पुर्याईसक्ने प्रतिवद्धता जनाउनु भएको छ भने राष्ट बैकले पनि स्थानीय तहमा बैक खोल्न प्रतिवद्धता जनाएका बैकलाई सोही अनुसार ताकेता गरीरहेको छ ।